२०७७ चैत २९, आइतबार

img-responsive

१२:३६:१५

 

अक्षय कुमार अस्पताल भर्ना

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २३, साेमबार,०४:५६:PM  
img-responsive

एजेन्सी, २३ चैत्र । बलिउड कलाकार अक्षय कुमार केही दिन अगाडी कोरोना संक्रमित भएका थिए ।  केही दिन अगाडी सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका अक्षय कुमारले आज अस्पतालमा भर्ना भएको ट्विट मार्फत जानकारी दिएका हुन् । उनले ट्विटमा लेखेका छन्, ‘म ठिक छु तैपनि अस्पताल जाने सल्लाह दिइएकोले मलाई भर्ना गरियो । म चाँडै फर्कने छु । तपाईँहरू आफ्नो ख्याल राख्नु होला ।’

समाचार अनुसार अक्षय कुमारलाई मुम्बईको पवई इलाकामा रहेको डा. एचएल हिरानन्दानी अस्पतालमा भर्ना गरिएको छ । उनी पछिल्लो समयमा फिल्म राम सेतुको सुटिङमा व्यस्त थिए । सुटिङकै क्रममा उनी संक्रमित भएका हुन् ।

अक्षय कुमारसँग सम्पर्कमा आएका ७५ जनालाई कोरोना जाँच गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com