२०७७ चैत २९, आइतबार

img-responsive

१२:५५:०६

 

सोमबार सुनको मूल्य २ सयले घट्यो

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २३, साेमबार,०२:३९:PM  
img-responsive

काठमाडौं, २३ चैत्र । आइतबार स्थिर रहेको सुनको मूल्य आज घटेको छ । सोमबार (आज) सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन आज ८६ हजार ७५० रुपैयाँमा खरिद बिक्री भएको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला १२ सय ४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com