२०७७ चैत २९, आइतबार

img-responsive

१२:०९:५८

 

चार आङ्गिक क्याम्पसलाई स्नातक तहमा सूचना प्रविधि विषय पढाउन स्वीकृति 

गोठालो खबर
गोठालो खबर २०७७ चैत २३, साेमबार,०८:२६:AM  
img-responsive

कीर्तिपुर, २३  चैत्र। त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगत अध्यापन हुने चार आङ्गिक क्याम्पसमा सूचना प्रविधि विषयमा स्नातक तहको पठनपाठनको लागि त्रिविले हालै स्वीकृत प्रदान गरेको छ । त्रिवि प्राज्ञिक परिषद्को स्थायी समितिबाट गत फागुन १७ गतेको बैठकले सो स्वीकृति दिएको हो ।

आर्थिक वर्ष २०७७।०७८ देखि काठमाडौको अमृत साइन्स क्याम्पस, लैनचौर, सुनसरीको केन्द्रीय प्रविधि क्याम्पस, धरान, रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पस, भैरहवा र भक्तपुरको भक्तपुर बहुमुखी क्याम्पसमा प्रति वर्ष एक सेक्सनमा ३६ जनासम्म विद्यार्थी भर्ना गरी  उक्त विषय अध्ययनको स्वीकृत दिइएको हो । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतको विद्या परिषद् स्थायी समितिको गत माघ २८ गतेको बैठकले प्राज्ञिक परिषद्लाई चार वटै क्याम्पसमा सो विषयको पठनपाठनको स्वीकृति प्रदान गर्न सिफारिस गरेको थियो ।

ती आङ्गिक क्याम्पसहरूले त्रिविको थप आर्थिक दायित्व नपर्ने गरी उक्त विषयको पठनपाठन सञ्चालन गर्नुपर्ने गरी निर्णय भएको प्राज्ञिक परिषद्को कार्यालयका प्रमुख सूर्यप्रसाद अधिकारीद्वारा हस्ताक्षरित परिपत्रमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com