२०७७ चैत २९, आइतबार

img-responsive

१२:५९:४५

 

बलिउड बचाउन कै लागि १०० करोडको फिल्म ल्याएको कंगना रनौटको खुलासा

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २०, शुक्रबार,०२:३४:PM  
img-responsive

एजेन्सी, २० चैत्र । बलिउड कलाकार कंगना रनौट प्रायः जसो अनावश्यक कुराको कारण चर्चामा रहन्छिन् । कंगनाले प्रायः कलाकारहरूलाई नै निशाना बनाउने गर्छिन् । उनले आज फेरी करण जोहर र आदित्य चोपडालाई निशाना बनाएकी छिन् । कंगनाले आफ्नो जीवन शर्तमा बिताएको बताएकी छिन् ।

बेवदुनियाको अनुसार कंगनाले फिल्म थलाइवीको रिलिज डेट परिवर्तन नहुने जानकारी ट्विट मार्फत दिएकी हुन् । अभिनेत्रीले पोस्टलाई रिट्विट गर्दै करण जोहर र आदित्य चोपडालाई निशाना साध्दै ‘बलिउडको ठेकेदार’ बताएकी हुन् ।

कंगनाले ट्विटमा लेखेकी छिन, ‘उनीहरूले मलाई बलिउडबाट बाहिर फाल्न सबै गरे । समूह बनाए तैपनि म निराश भइन् । आज करण जोहर र आदित्य चोपडा लुकिरहेका छन् । आज सबै लुक्दैगर्दा कंगना बलिउड बचाउन कै लागि १०० करोडको फिल्मको साथमा आएको छु ।’

यस भन्दा अघि पनि कंगनाले ट्विट गर्दै आफूलाई आमाको संज्ञा दिँदै इतिहासमा सुनौलो अक्षरमा लेखेर आफूले बलिउडलाई बचाएको पनि बताएकी थिइन् ।

उनको फिल्म थलाइवी २३ अप्रिल २०२१ म रिलिज हुने जनाइएको छ । फिल्मलाई ए।एल विजयले निर्देशन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com