२०७७ चैत २९, आइतबार
१२:१२:३६
काठमाडौँ, २० चैत्र। त्रि.वि.का उपकुलपति प्रा. धर्मकान्त बास्कोटासमक्ष ओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) द्वारा १८ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाइएको छ। अखिल (क्रान्तिकारी)काअध्यक्ष रन्जित तामाङको नेतृत्वमा बिहीबार त्रिवि पुगेर स्ववियु निर्वाचनको ठोस कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्न माग गरेको हो।
विश्वविद्यालयका सबै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीहरुका लागि हप्ताको कम्तीमा २० घण्टा रोजगारीको ग्यारेन्टी गर्नुपर्ने समेतको माग राखेको छ । त्रिविले अनावश्यक राजनीतिस भागवण्डा, अनुचित खिचातानी र लेनदेनमा विश्वविद्यालयका पदाधिकारीको समय खेर गएको भन्दै यस्ता पदाधिकारीहरुको नियुक्ति गर्ने प्रणाली खारेज गर्नु पर्ने, आङ्गिक क्याम्पसमा निजी ढंगले सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रमको दायित्व विश्वविद्यालयले लिनु पर्ने व्यवस्था, कोभिड १९ तथा लकडाउनको समयावधिको सम्पूर्ण शुल्क मिनाहा गर्नुपर्ने, स्वास्थ्य बिमाको व्यवहारिक कार्यान्वयन गर्नु पर्ने, एउटा शैक्षिक कार्यक्रममा एकपटक मात्र विमा शुल्क लिने व्यवस्था लगायत आदी मागहरु राखि ज्ञापन पत्र बुझाएका छन् ।