२०७७ चैत २९, आइतबार

img-responsive

०१:२४:२३

 

भोजपुरमा युवा संघ नेपाल र अखिलको नयाँ नेतृत्व चयन

बिमलको नेतृत्वमा युवा संघ नेपाल र ध्रुबराज राईको नेतृत्वमा अखिल

गोठालो खबर
गोठालो खबर -२ २०७७ चैत १९, बिहीबार,०९:४८:PM  
img-responsive

भोजपुर। भोजपुर जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गिय संगठनको नयाँ कमिटीहरु थपिएको छ। एमालेको गढ मानिएको भोजपुर जिल्लामा "नेपाल समुह" को नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल  र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को नयाँ समिति निर्माण भएको छ ।

पछिल्लो समय नेकपा (एमाले) को राजनीतिक ध्रुवीकरण सतही रुपमा देखा परे संगै ओली पक्ष र नेपाल पक्षका देशभरका कार्यकर्ताहरु प्रत्यक्ष रुपमा आ-आफ्नो समुहमा देखा परेका छन्।  एमालेका संसदीय दलका नेता समेत रहेका ओलीले नेपाल लाई शत्रु झैँ व्यवहार गरिरहदा नेपाल पक्षलाई साथ दिएर कार्यकर्ता हरुले धमाधम समानान्तर समिति हरु बनाई रहेका छन्। फलस्वरूप भोजपुरमा पनि आफ्नो बेग्लै छवि बनाउन सफल विमल रणपँहेलीको संयोजकत्वमा एकसय ७५ जनाको युवा संघ नेपाल भोजपुरको नयाँ जिल्ला समितिको गठन भएको छ। संघका पूर्व अध्यक्ष रहेका सन्दिप राई केन्द्रिय सदस्यमा मनोनयन भएपछी युवा संघ नेपाल भोजपुरको नेतृत्व र जिम्मेवारी बिमलको काँधमा आएको हो।

त्यस्तै ध्रुवराज राईको संयोजकत्वमा अनेरास्ववियूको ८५ जनाको नया समिति बनेको छ । यस समितिमा ध्रुवराज राईलाई निरन्तरता दिदै समितिमा सदस्यहरुको थपघट गरिएको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र राई, हरि बहादुर राई, नेकपा एमाले प्रदेश सदस्य रमेश शाक्य, नेकपा एमाले भोजपुर अध्यक्ष शरणकुमार राई, युवा संघ नेपालका केन्द्रिय सदस्य सन्दिप राई लगायतको उपस्थिती थियो ।

विगतका बर्षदेखि नै भोजपुरमा नेकपा एमालेको जनवर्गिय संगठनमा माधव समुहकै एकलौटी नेतृत्व रहँदै आएको थियो र अहिले नेपाल पक्षले आफ्नो पकड पहिले भन्दा बलियो बनाएको छ। पछिल्लो राजनीतिक विचलनमा होमिएको नेकपा एमाले भित्र पनि ओली र नेपाल समुह विचको दुई धारमा तल्लो तहसम्मै असर देखिएको छ । भोजपुरमा भने साविककै राजनीतिक ईतिहास हेर्दा माधव समुहको नेकपा एमाले नै बलियो रहेको छ।  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com