२०७७ चैत २९, आइतबार

img-responsive

१२:१०:३७

 

‘रैम्बो’मा टाइगर आउट प्रभासको इन

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत १९, बिहीबार,०४:०९:PM  
img-responsive

एजेन्सी, १९ चैत्र । बलिउड अभिनेता टाइगर श्राफको पछिल्लो फिल्म ‘वार’ को सफलतासँगै उनको चर्चा चुलिएको थियो । केही समय अगाडी नै टाइगरको फिल्म ‘रैम्बो’ रीमेक को घोषणा भएको थियो । धेरै समयदेखि यस फिल्मको बारेमा केही अपडेट भएको थिएन् ।

तर हाल भारतीय समाचार अनुसार फिल्ममा टाइगरलाई हटाएर साउथ सुपरस्टार प्रभासलाई राखिएको छ । सिद्वार्थ आनन्दले निर्देशन गर्ने यस फिल्मको टाइगरले नै फिल्मको शुट पनि गरेका थिए तर बीचमा के भयो कुनै खबर सार्वजनिक भएको थिएन ।

टाइगरले सिद्वार्थको फिल्म वार-२ पछि रैम्बोको शुटिङ शुरु गर्ने बताएका थिए । समाचारको अनुसार टाइगरलाई रैम्बोको सुटिङको लागि समय अभाव भएको हो । सुत्रको अनुसार टाइगरले रैम्बोको लागि समय नभएकोले छाडेका हुन् । टाइगर गणपत, हिरोपन्ती २, बागी ४ जस्ता फिल्मका लागि हस्ताक्षर गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com