२०७७ चैत २९, आइतबार

img-responsive

१२:४२:५१

 

श्रीदेवी एक साता उपवास बस्नुको कारण यस्तो

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत १९, बिहीबार,०४:०२:PM  
img-responsive

एजेन्सी, १९ चैत्र । रजनीकान्त बलिउडका सुपरस्टार कलाकार हुन् । उनी फिल्ममा मात्र नभएर वास्तविक जीवनमा पनि सुपरस्टार हुन् । उनको स्टाइल, व्यवहार र गरीबलाई गरेको मद्दतले मानिसहरु उनीप्रति आकर्षित भएका हुन् । सहयोगी भएकै कारण सामान्य मानिसले मात्र नभएर कलाकारहरुले पनि उनलाई मन पराउछन् ।

एक समयमा रजनीकान्त र श्रीदेवीको जोडी पनि निकै लोकप्रिय थियो । यी दुईले २० भन्दा धेरै फिल्ममा एकैसाथ काम गरेका छन् । कामको सिलशिलामा रजनीकान्त र श्रीदेवीले एक–अर्काको ध्यान राख्थे ।  

उनीहरु फिल्म ‘राणा’ को सुटिङको क्रममा थिए । सोही समयमा रजनीकान्त धेरै ठुलो बिरामी भए । उनको स्थिती निकै गम्भिर थियो । श्रीदेवीलाई निकै चिन्ता लाग्यो र शिरडीको साईबाबा मन्दिरमा गएर प्राथना गरिन् । उनी एक हप्तासम्म उपवास बसिन् । उनी उपवास बसेपछि रजनीकान्तलाई चाडै ठिक भएको थियो । रजनीकान्त निको भएपछि साईबाबा मन्दिरमा दर्शन गर्न गएका थिए ।

यो कुरा श्रीदेवीले रजनीकान्तलाई पछि भन्दा उनले आँखा भरी आँशु लिदै श्रीदेवीलाई धन्यवाद दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com