२०७७ चैत २९, आइतबार

img-responsive

०१:०८:०६

 

जनमत पार्टी महाधिवेशनः अध्यक्ष पदमा डा. सि.के राउत र महासचिवमा चन्दन सिंहको उम्मेदवारी दर्ता

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत १९, बिहीबार,१२:०४:PM  
img-responsive

काठमाडौँ, १९ चैत । जनमत पार्टीको प्रथम महाधिवेशनमा अध्यक्ष पदका लागि डा. सि.के राउत र महासचिव पदका लागि चन्दन सिंहले आफ्नो एक्कल उम्मेदवारी दर्ता गराएका छन् ।

यही २०७७ चैत २८ गते जनकपुरधामको बाह्रबिग्घामा हुने जनमत पार्टीको प्रथम महाधिवेशमा अध्यक्ष पदका लागि डा. सि. के राउत र महासचिव पदका लागि चन्दन सिंहले आफ्नो एक्कल उम्मेदवारी दर्ता गराएका हुन् ।

डा. सि के राउतको अध्यक्षता यही चैत २८ गते जनमत पार्टीको प्रथम महाधिवेशन हुने भएको छ । प्रथम महाधिवेशन भव्य रुपमा सम्पन्न गर्ने योजना पार्टीको रहेको जनाइएको छ । यसैगरी पार्टीको विभिन्न पदका लागि विभिन्न स्थानबाट इक्च्छुक व्यक्तिहरुले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com