२०७७ चैत २९, आइतबार

img-responsive

१२:५१:२९

 

त्रिविमा चार दिन पठन पाठन बन्द हुने 

गोठालो खबर
गोठालो खबर २०७७ चैत १६, साेमबार,०८:४७:PM  
img-responsive

कीतिपुर, १६ चैत्र । त्रिभुवनविश्वविद्यालयले चैत्र १७ गतेदेखि चैत्र २० गतेसम्म पठनपाठन बन्द गरी विद्यार्थीहरुलाई बिदा दिने निर्णय गरेको जनाएको छ । सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्र प्रसाद दाहालद्धारा हस्ताक्षरित सूचनामा सो कुरा जनाइएको हो । 

वायुमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकोले गम्भीर अवस्थालाई दृष्टिगत गरी त्रिवि अन्तरगतका विभाग तथा क्याम्पसहरुमा पठनपाठन बन्द गरेको बताइएको छ । तर नियमित प्रशासनीक कार्यहरु यथावत सञ्चालनहुने पनि सूचनामा जनाइएको छ। विद्यार्थीहरुलाई बिदादिने निर्णय भएपनि विद्यार्थी नआए पछि शिक्षकहरुलाई स्वतः बिदा हुने नै भयो तर यस निर्णयबाट त्रिवि अन्तरगतका निकायहरुमा कार्यरत करिब आठ हजार कर्मचारीहरु भने कार्यालयमा उपस्थित भएर काम गर्नुपर्ने भएकोले अहिले देखिएको प्रतिकूल वातावरणको उच्च जोखिममा रहने देखिएको छ ।  

साथै पूर्व निर्धारित कार्य तालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका त्रिविका निकायहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु यथावत सञ्चालन गर्ने निर्णय भएको सूचना तथा जनसम्पर्क महाशाखाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । 

शिक्षामन्त्रीको अध्यक्षतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकले चार दिनको लागि शैक्षिक संस्थाहरुमा बिदा दिने निर्णय गरेको थियो । सोहि निर्णयलाई आधार मान्दै त्रिवि पदाधिकारीहरुले त्रिवि र अन्तरगतका निकायहरु पूर्ण रुपमा बन्द नगरेर शिक्षण संस्थाहरुको पठनपाठन मात्र बन्द गर्ने निर्णय गरेका हुन् । 

हेर्नुहोस् त्रिविको सूचना


 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com