२०७७ चैत २९, आइतबार

img-responsive

१२:४१:०२

 

आगामी चैत्र २० सम्म नेपालभरका सबै बिद्यालयहरु बन्द

गोठालो खबर
गोठालो खबर -२ २०७७ चैत १६, साेमबार,०६:२९:PM  
img-responsive

काठमाण्डौ, चैत्र १६। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट जारी गरेको विज्ञप्ति अनुसार आगामी चैत्र २० सम्म नेपालभरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुने भएको छ। वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण बिद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरका बारेमा माननीय मन्त्री कृष्णगोपाल ज्युको अध्यक्षतामा मन्त्रालय तथा उच्च पदस्थ अधिकारीहरु बीच बसेको बैठक बाट बिदा दिने निर्णय गरिएको छ। 

विज्ञप्तिमा भनिएको छ:  हालको गम्भीर अवस्थालाई दृस्तिगत गरि सबै शिक्षण संस्थाहरु तत्कालका लागि आगामी २०७७ साल चैत्र २० गते सम्म बिदा दिने निर्णय गरिएको छ। तर, पुर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा संचालन गरिरहेका शैक्षिक संस्था तथा बिद्यालयहरुले स्वास्थ्य  सजगता अपनाउदै परिक्षा संचालन गर्न सक्ने बताइएको छ। 

यस्तो विषम परस्थितिमा बिद्यालय बिदा रहेको बखत आफ्ना बालबालिकाहरुलाई घरभित्रै  रहने व्यवस्था मिलाउन हुन सह-सचिव एवम प्रवक्ता दिपक शर्माद्वारा हस्ताक्षरित मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com