२०७७ चैत २९, आइतबार

img-responsive

०१:२९:२१

 

खेलकुद विकास समिति केराबारी-२ ले नयाँ बर्षको अवसरमा पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्दै

गोठालो खबर
गोठालो खबर २०७७ चैत १५, आइतबार ,१०:३९:PM  
img-responsive

मोरङ, १५ चैत । प्रथम जेफाले प्रदेश नं.-१, पालिका स्तरीय खुल्ला भलिबल प्रतियोगिता नाम दिइएको सो प्रतियोगिता वैशाख ३ गते देखि सञ्चालन हुने आयोजक खेलकुद बिकास समिति केराबारी-२ ले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, रामधुनी नगरपालिका यस्तै झापाको बिर्तामोड नगरपालिका र दमक नगरपालिका तथा मोरङको बेलबारी नगरपालिका, संखुवासभाको खाँदबारी नगरपालिका, त्यसैगरी भोजपुरको षडानन्द नगरपालिका, आमचोक गाउँपालिका र आयोजक टिमले सहभागिता जनाउनेछन्।

२०४३ सालदेखि निरन्तर रुपमा हरेक नयाँ वर्षको अवसरमा भलिबल प्रतियोगिता गर्दै आएको भन्दै यस पटकदेखि दायर बढाएर प्रदेश-१ का पालिका स्तरीय कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ। नयाँ बर्षको अवसरमा केराबारी-२, सिंहदेवी स्थित जेफालेमा साङ्गीतिक कार्यक्रम, साहित्यिक कार्यक्रम अन्तरगत सृजना वाचन कार्यक्रम पनि गरिने आयोजकको भनाई रहेको छ।

प्रतियोगितामा प्रथम हुनेले नगद ७५ हजार, कप, मेडल र प्रमाण पत्र, यस्तै द्वितीय हुनेले नगद ५० हजार, कप, मेडल र प्रमाण पत्र दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा करिब ७ लाख खर्च हुने आयोजकको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com