२०७७ चैत २९, आइतबार

img-responsive

०१:३२:४४

 

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा: सामान्य ज्ञान /बस्तुगत

गोठालो खबर
सन्तोष पराजुली , २०७७ चैत १४, शनिबार,१२:५३:PM  
img-responsive

लोकसेवा तयारी विशेष शृंखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा

१) नेपालमा कोभिड -१९ विरुद्धको खोप अभियान कहिले देखि सुरु भयो ?

  • विःसं २०७७ माघ १४ गते बाट, पहिलो खोप डा. सागरकुमार राजभण्डारी ले लगाएका,

२) ट्रान्सपेरेन्सि इन्टरनेश्नलले सन् २०२१ जनवरी २८ मा सार्वजनिक गरेको भ्रष्टाचार सूचकाङ्क २०२० मा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

  • ३३ अंककासाथ ११७ औँ स्थानमा, गत वर्ष ११३ औँ स्थानमा थियो,

सबै भन्दा कम भ्रष्टाचार हुने मुलुकमा — डेनमार्क र न्युजिल्याण्ड  र सबै भन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सुडान र सोमालिया रहेका छन्,

३) सन् २०२० जनवरी २४ मा भारतको उत्तराखण्ड राज्यमा एक दिनको लागि मुख्य मन्त्री हुने महिला को हुन ?

  • सृष्टि गोस्वामी

४) नेपालमा सहिद दिवस कहिले मनाइन्छ ?

  • हरेक वर्ष माघ १६ गते 

५) नेपालमा 4G सेवाको सुरुवात कहिले देख भएको हो ?

  • विःसं २०७३ पौष १७ बाट 

६) नेपालमा पहिलो पटक न्युक्लियर मेडिसिन सेवाको थालनी कहिले बाट भएको हो ?

  • विःसं २०७७ पौष ६ बाट 

७) महाकवि देवकोटा सङ्ग्रहालय कहाँ निर्माण हुने भएको छ ?

  • मैतीदेवी काठमाडौँ

८) अन्तराष्ट्रिय तिथि रेखामा पर्ने देशहरू कति रहेका छन् ?

  • ४ वटा 

९) नेपालको वर्तमान संविधान अनुसार राज्यका नीतिहरू कति रहेका छन् ?

  • १३ वटा 

१०) नेपाल सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई कहिले खारेज गर्ने निर्णय गर्‍यो ?

  • विःसं २०७७ माघ ११ मा 

११) “स्वर्गको दरबार”  कृतिका लेखक को हुन ?

  • शुक्रराज शास्त्री 

१२) दोस्रो जनआन्दोलनको सुरुवात कहिले भएको थियो ?

  • विःसं २०६२ चैत्र २४ बाट 

१३) विश्वमा सबै भन्दा बढी चिया उत्पादन गर्ने देश कुन हो ?

  • भारत 

१४) जलवायु परिवर्तनलाई मध्यनजर गर्दै विश्वका प्रमुख सहरहरूमा कहिले एक मिनेट बत्ती निभाइएको थियो ?

  • सन् २०१७ मार्च २६ मा 

१५) कृत्रिम चन्द्रमा निर्माण परियोजना  अघि सार्ने मुलुक कुन हो ?

  • चिन 

१६) नेपालमा हवाई यातायातको सुरुवात कहिले भएको हो ?

  • सन् १९४९ 

१७) रानी ताल कुन जिल्लामा पर्दछ ?

  • कञ्चनपुर 

१८) शाह वंशीय इतिहासमा सबै भन्दा लामो समय शासन गर्ने राजा को हुन ?

  • राजा त्रिभुवन 

१९) भारतले विश्वकै सबै भन्दा ठूलो कोभिडविरुद्धको खोप अभियान कहिले सुरु गर्‍यो ?

  • सन् २०२० जनवरी १६ मा 

२०) पहरी जातिको प्रमुख बसोबास रहेको जिल्ला कुन हो ?

  • काभ्रे 

                                          समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com