२०७७ चैत २९, आइतबार

img-responsive

१२:३८:०३

 

सुर्खेतका युवाहरूद्वारा सिडिओलाई शान्ति र सुशासन कायम गर्न ध्यानाकर्षण 

गोठालो खबर
गोठालो खबर २०७७ चैत १३, शुक्रबार,०८:०५:PM  
img-responsive

सुशान्त, सुर्खेत

सुर्खेत, १३ चैत्र। सुर्खेतका युवाहरूले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पुगेर सिडिओको ध्यानाकर्षण गराएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका भित्र लागूपदार्थ दुर्व्यसन, तस्करी र अशान्ति बढ्नु चिन्ताजनक रहेको ऊनीहरूले बताएका छन् । मालपोत, यातायात कार्यालयमा समेत सेवाग्राहीले सास्ती पाएका कारण जनशक्ति थप्न र प्रविधिमैत्री बनाउन समेत युवाहरूले माग गरेका छन् ।

युवा अगुवा राजिभ जंग शाही र कमल कटवालले वीरेन्द्रनगर नगरपालिका वडा नं. र १० मा अस्थायी प्रहरी बिट राख्न समेत माग गरेका छन् । बिकास निर्माणमा भइरहेको ढिलासुस्ती, गुणस्तरहीनता र नीतिगत भ्रष्टाचारलाई नियमन गर्न  सुर्खेत जिल्ला भित्र प्रशासनको अगुवाइमा नागरिक अगुवा, राजनैतिक दलका अगुवा तथा पत्रकारहरू सहितको लोकपाल गठन गर्न  माग गर्दछौँ । ध्यानाकर्षण पत्रमा भनिएको छ ।

सुर्खेत युवाहरूले शान्ति र सुशासनको अभियानमा साथ दिन तयार रहेको समेत बताएका छन् । शुक्रवार राजिभ जंग शाही, कमल कटवाल, राज रावत, माधव सिजाली र कमल शाही सिडिओ अफिस पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com