२०७७ चैत २९, आइतबार

img-responsive

०१:३५:३३

 

विपद्पूर्वको तयारीमा जुट्न गृह सह–सचिव दाहालको निर्देशन

गोठालो खबर
वाई राज विष्ट , २०७७ चैत १३, शुक्रबार,०१:४५:PM  
img-responsive

भोजपुर, १३ चैत्र। नेपाल सरकारका गृह मन्त्रालय विपद् व्यवस्थापन शाखाका सह–सचिव जनकराज दाहालले विपद् पूर्वको तयारीमा जुट्न निर्देशन दिनुभएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय भोजपुरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको बैठक मार्फत दाहालले विपद् अगावै हुनु पर्ने तयारीका विषयमा गम्भीर भएर लाग्न निर्देशन दिनु भएको हो । 

जिल्लाका सुरक्षा निकाय, कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख प्रशाकिय अधिकृत, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रतिनिधि लगायतको उपस्थितमा कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुर सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइँटेलले जानकारी दिनुभयो।

बैठक जिल्ला विपद् व्यवस्थापन समितिले हाल गरेका कार्यहरू तथा आगामी कार्य योजनाको विषयमा सह–सचिव दाहाललाई जानकारी गराइएको जिल्ला प्रशासनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com