२०७७ चैत २९, आइतबार

img-responsive

१२:११:५६

 

बहानाबाजी नगरी ओलीलाई बिदाइ गर्न काँग्रेस नेता सिंहको आग्रह

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत १३, शुक्रबार,०१:३०:PM  
img-responsive

काठमाडौं, १३ चैत्र । नेपाली काँग्रेसका नेता प्रकाश मान सिंहले वर्तमान सरकार  अधिनायकवाद उन्मुख भएको बताएका छन् । सिराहा नेवा समाज लाहानले शुक्रवार लहानमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा नेता सिंहले सरकार  अधिनायकवाद उन्मुख भएको बताएका हुन् ।

उनले अधिनायकवादको उदाहरण सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको मोबाइलबाट फोटो भिडियो खिच्न रोक भन्ने हिजोको समाचारले पुष्टि गरेको भन्दै सुन्दा अचम्म लागेको बताए । सिंहले भने, ‘यदि त्यो समाचार सत्य भए ओलीले कस्तो चाहेका रहेछ भन्ने पुष्टि भयो ।’

नेता सिंहले ओलीले तानाशाह चरित्र देखिँदै जाँदा अहिले फरक मत राख्ने एमाले भित्र को एउटा समूह र माओवादी केन्द्र सुरुका दिनमा मौन बसेको समयमा नै लगाम लगाउन नसक्नु अहिलेको परिणति भएको जिकिर गरे ।

सिंहले हिजो एकपछि अर्को तानाशाही प्रकृतिका विधेयक ल्याउँदा ओली प्रवृत्तिको विरोध गर्न नसक्नेले अहिले पछुताउनु को विकल्प नभएको बताएका छन् ।

फरक प्रसङ्गमा बोल्दै उनले अहिले जसपाले नैतिकता हीन सरकारसँग माग पूरा गर भनेर भन्नू गलत भएको भन्दै सही समयमा आफ्नो मुद्दा उठाउन नसक्ने असहज परिस्थितिमा अड्को थाप्ने काम रोकेर परिस्थिति अनुसार चल्न समेत आग्रह  गरेका छन् ।  हिजो कोही मन्त्री बन्ने कोही सरकारलाई समर्थन दिएर बस्ने दुईतिहाई हुँदा अहिले उठाएका मुद्दा समाधान गर्न ध्यान नदिएको भन्दै जिम्मेवार बन्न समेत आग्रह गरेका छन् ।

उनले मधेसका जायज माग पूरा गर्न आफूहरू तयार रहेको भन्दै असहज परिस्थिति  जिम्मेवारीबाट बहानाबाजी नगरी ओलीलाई बिदाइ गर्न प्रस्ट हुन जसपालाई अपिल गरे । सिंहले जुन दिन नेकपा माओवादी केन्द्रले सरकारलाई  दिएको समर्थन फिर्ता लिन्छ त्यहीबाट  नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ भन्दै काँग्रेस  तथ्य र संसदीय प्रक्रिया  बाटै अगाडि बढ्ने जानकारी दिए ।

पार्टी महाधिवेशन प्रक्रियामा सभापतिसँग आफूहरूको फरक मत रहेता पनि लोकतन्त्र सखाप पार्ने व्यवस्था प्रतिनै धावा बोल्ने अधिनायकवाद उन्मुख ओली बिदाइ गर्ने संसद भित्र रहेका दलहरूसँग छलफल गरेर काँग्रेसले नै नेतृत्व लिएर अघि बढ्न आफूहरूले  सभापति देउवा लाई सुझाएको पनि बताए । सिंहले परिस्थिति परिपक्व भएपछिकाँग्रेस जिम्मेवारी लिन र परिस्थिति लाई समालेर जान तयार रहेको भन्दै अपरिपक्व परिस्थिति लाई बुझ्दा बुझ्दै अनावश्यक सत्ताको खेलको साक्षी नबन्ने बताए ।   

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com