२०७७ चैत २९, आइतबार

img-responsive

१२:१८:२२

 

अनलाइनमार्फत विदेशी बस्तु तथा सेवा खरिद भुक्तानी गर्न ५०० डलरसम्मको प्रिपेड कार्ड

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत ९, साेमबार,०७:०३:PM  
img-responsive

काठमाडौं, ९ चैत्र । अनलाइनमार्फत विदेशी बस्तु खरिद भुक्तानी प्रयोजनको लागि ५ सय डलरसम्मको सटही सुविधाको व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । बैंकका अनुसार वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुमार्फत सटही गर्न सक्ने व्यवस्था गरेको हो ।

वार्षिक रुपमा ५ सय डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सकिने र जारी भएको कार्डले ५ सय अमेरिकी डलरसम्मको वस्तु तथा सेवा खरिद गर्न सक्ने बैंकले जनाएको छ ।  प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरेर कार्ड जारी गर्ने सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com