२०७७ चैत २९, आइतबार
१२:२४:१८
काठमाडौँ, ०६ चैत्र। सरकारले सडक बालबालिकामुक्त राष्ट्र घोषणा गरेको छ। तर, सडकमा अझै बालबालिका भेटिइरहेका छन्। चालु वर्षको सात महिनामा १ सय ८८ बालबालिकालाई सडकबाट उद्धार गरिएको छ। यो अवधिमा १ सय ६५ बालक र २३ बालिका सडकमा भेटिएका हुन्।
यो अभियानअन्तर्गत ०७२ वैशाखदेखि ०७७ असारसम्म १ हजार ४ सय ३३ बालबालिकाको उद्धार गरिएको थियो। बाल अधिकार परिषद्का अनुसार ८ सय १० बालबालिकालाई पारिवारिक पुनर्मिलन गरिएको छ। १ सय ८४ जना सीपमूलक तालिममा पठाइएको छ। ५९ जना तालिम पूरा गरी सीपमूलक कार्यमा संलग्न भएका छन्। अन्यलाई अस्थायी संरक्षण केन्द्र तथा दीर्घकालीन संरक्षण केन्द्रमा संरक्षण व्यवस्थापन गरिएको परिषद्का कार्यकारी निर्देशक धरेलले बताए।
सडकमा आश्रित बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापनलाई निरन्तरता दिँदै आगामी असारसम्म सडक बालबालिका मुक्त राष्ट्र बनाउने गरी कार्यक्रम सञ्चालन भइरहेको धरेलले बताए। अन्नपुर्णपोष्टबाट