२०७७ चैत २९, आइतबार

img-responsive

१२:०८:३६

 

‘मूल्यवृद्धि गरेर सरकारले जनताको शोषण गरेको छ’

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत ४, बुधबार,०६:२१:PM  
img-responsive

काठमाडौं, ४ चैत्र । नेपाल विद्यार्थी संघ केन्द्रीय समितीले पटक पटक मूल्यवृद्धि गर्दै उपभोक्ता लाई चरम शोषण गर्ने जनता मारा सरकारको विरुद्ध सशक्त प्रतिरोध गर्न अपिल गरेको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले भ्रष्टाचारमा निर्लिप्त ओली सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने र चुलो बन्द गराउने काम गरेको भन्दै महिनामै कयौंपटक मात्र होइन हप्तैपिच्छे मूल्य बढाएर जनतामाथि बरबरतापुर्बक लुट्न उद्यत भ्रष्ट सरकारको नियत दिनप्रतिदिन उदाङ्गो भएको बताएका  छन् ।

महामन्त्री तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि तुरुन्त फिर्ता गराउन  नालायक सरकारका विरुद्ध कडा आन्दोलनमा उत्रिन आग्रह गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा २–२ रुपैयाँ बढाएर  एक लिटर पेट्रोलको ११८ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ ।

निगमले आन्तरिक तर्फ हवाई इन्धन प्रतिलिटर रु २ बढाएर ७४ रुपैयाँ बनाएको छ । निगमले ग्यास र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) को मूल्य भने यथावत् राखेको छ ।

यसअघि निगमले फागुन १७ मा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।  त्यसअघि पनि निगमले अन्तर्राष्ट्रिय बजारमै मूल्य वृद्धि भएको भन्दै भाउ बढाउँदै आएको थियो । निगमले बढाएको मूल्य मंगलबार मध्यरातदेखि लागू हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com