२०७७ चैत २९, आइतबार

img-responsive

०१:३२:१०

 

मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न, नेपाल प्रहरी प्रथम

गोठालो खबर
गोठालो खबर -१ २०७७ चैत २, साेमबार,०२:४२:PM  
img-responsive

काठमाडौं, २ चैत्र । मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी क्रिकेट टिम प्रथम भएको छ ।  काठमाडौं महानगरपालिकाको सहयोग एवं सहकार्य तथा नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालित मेयर कप क्रिकेट प्रतियोगिता २०७७ मा नेपाल प्रहरी क्रिकेट टिमले प्रथम स्थान हासिल गरेको हो ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरेको नेपाल प्रहरी क्रिकेट टिमले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नुका साथै प्रहरी जवान दिपेन्द्र सिंह ऐरी ‘म्यान अफ द सिरिज’ घोषित भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।

उक्त प्रतियोगिता गत फागुन १२ देखि २९ गतेसम्म काठमाडौंको त्रिभुवन विश्वविद्यालय र मुलपानी खेल मैदानमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com