२०७७ चैत २९, आइतबार
१२:०५:४७
परासी, १ चैत्र । रामग्राम नगर स्तरीय पाँचौं आधारभूत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता आजदेखि परासीमा सुरु भएको छ। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको संयोजन तथा अर्दश माबिको अयोजनामा रामग्राम नगर स्तरीय पाँचौं आधारभूत तह अन्तर विद्यालय खेलकुद प्रतियोगिता अर्दश माविको प्रांगणमा आजदेखि सुरु भएको हो ।
चैत्र ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको आज एक समारोहका बीच रामग्राम नगर प्रमुख नरेन्द्र गुप्ताले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख गुप्ताले बिद्यालय क्षेत्र सुधार गर्नको लागि रामग्राम नगरपालिकाले शिक्षा ऐन नियमावली बनाएको बताउदै बिद्यालयलाई व्यवस्थित बनाउनको लागि शिक्षाको बातावरण बनाउन नगरपालिका अगाडी बढेको बताए । उनले यस किसिमका खेल प्रतियोगिताले विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। नगरपालिकाले खेल क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएको पनि नगर प्रमुख गुप्ताले बताए।
उनले भने खेल राम्रो संग खेलीयो भने मानसिक र शारीरिक रुपमा स्वास्थ्य बनाउनुको साथै बिद्यार्थीको शिक्षमा महत्वपूर्ण योगदान पु-याउछ र खेल पनि जिवनको महत्वपूर्ण अङ्ग भएको बताए । रामग्राम नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका विद्यार्थीहरु सहभागि रहेको उक्त प्रतियोगितामा सात विधाका खेलहरुमा छात्र-छात्राबिच छुट्टाछुट्टै प्रतिस्पर्धा गराईने आदर्श मावि परासीका प्रधानाध्यापक अरबिन्द पाठकले जानकारी दिए । जस्मा जिलेबी दौड, कुर्सी दौड, बोरा दौड, चम्चा दौड, तीन खुट्टा दौड, हाई जम्प, सटफुट (राउण्ड) रिले लगायतको खेलहरुको खेलाईने आयोजकले जनाएको छ ।
आदर्श माबिका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष छोटेलाल अग्रहरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख रम्भा कुवँर, रामग्राम नगरपालिकाका शिक्षा शाखा प्रमुख रुद्रप्रसाद रेग्मी वडा नं.- ५ वडाअध्यक्ष बिनोद कुँवर, आदर्श माविका पूर्वप्रधानाध्यापक शिवप्रसाद यादव, नेपाल शिक्षक महासंघका यार मोहम्द खानले आ–आफ्नो धारणा राखेका थिए ।