२०७७ चैत २९, आइतबार
१२:२७:३०
एकात्मक र संघात्मक सरकारका गुण तथा दोषहरु बारे उल्लेख गर्नुहोस । (लोकसेवा दर्पण )
(पुन: प्रकाशन)
राज्यलाई गतिसिल तुल्याउने, संरक्षण र संवद्र्धन गर्ने, सर्वाङ्गीण विकास र विस्तार गर्ने दायित्व बोकेको संरचनात्मक तथा कार्यात्मक दुबै पक्षलाई समेटने संस्था वा निकाय सरकार हो । सरकारका विभिन्न स्वरुप रहेका हुन्छन जसमध्य एकात्मक सरकार र संघात्मक सरकार पनि महत्वपुर्ण स्वरुप हुन ।
एकात्मक सरकार
राज्य सत्तामा अन्तरनिहित सम्पूर्ण शक्ति र शासनको बागडोर एउटै इकाई वा केन्द्रिय निकायमा मात्र रहने सरकारको स्वरुपलाई एकात्मक सरकार भनिन्छ । यसका मुलभुत गुण तथा दोषहरुलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ,
एकात्मक सरकारका गुणहरु
दरिलो शासन व्यवस्था
शक्तिशाली सरकार
संकटको बेलामा निर्णय लिन सहजता
कम खर्चिलो
शासन व्यवस्था संचालनमा मितव्ययिता
एकताको भावना
निर्णय प्रक्रियामा सिघ्रता
शासन व्यवस्था संचालनमा सरलता
विकासोन्मुख तथा साना राष्ट्रका लागि बढि उपयुक्त
एकात्मक सरकारका दोषहरु
जनताको बास्तविक आवश्यकता र हितको उपेक्षा
विकास व्यवस्थापनमा असहजता
परलम्बीपनको बढोत्तरी
केन्द्र तथा स्थानीय तह बिचमा समन्वयको अभाव
समतामुलक विकासको बाधक
ठुला राष्ट्रका लागि अनुपयुक्त
सभ्रान्त बर्गले मात्र फाइदा लिने सम्भावना बढि
स्रोतको दुरुपयोग हुने सम्भावना अत्याधिक
संघात्मक सरकार
राज्यका सम्पुर्ण शक्ति तथा अधिकारहरु संविधानद्धारा नै दुई वा सो भन्दा बढि तहमा बाँडफाँड हुने गरि संचालित सरकार संघात्मक सरकार हो । यसका गुण तथा दोषहरुलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ;
संघात्मक सरकारका गुणहरु
Voice ,choice Right of people को कदर हुन्छ
जनइच्छाको कदर हुन्छ
सीमित सरकारको शासनको व्यवहारिक प्रयोग
विकासमा समानता
जनसहभागिताको विकास
शासनमा कुशलता
विकासमा तिब्र्रता
निरङ्कुशतामा कमी
संघात्मक सरकारका दोषहरु
राष्ट्रिय एकतामा खतरा हुने सम्भावना
खर्चिलो शासन व्यवस्था
समन्वयको अभावले विवाद मौलाउने खतरा
अधिकारक्षेत्र बिचमा शक्ति संघर्ष हुने सम्भावना
कार्य सम्पादनमा दोहोरोपना र दुविधा
संकटमा व्यवस्थापनमा झन्भटिलो
निष्कर्ष
सरकार राज्यरुपी भावनात्मक धारणाको अभिव्यक्ति तथा राज्यको आत्मा हो । सरकारका जुनसुकै स्वरुप भएपनि त्यसले खासै फरक पर्दैन यद्यपि त्यो सरकार जनताका आवश्यकता र चाहना लाई ध्यानमा राखेर संचालिन हुनुपर्दछ । साथै जनसहभागितामुलक, मितव्यायि,पारदर्शि,कानूनको सीमाभित्र संचालित तथा जनउत्तरदायि हुनपर्दछ ।