२०७७ चैत २९, आइतबार
०१:०७:३४
काठमाडौं, १५ फागुन । नेपालमा कोरोना भाइरसका आज ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ८४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७० हजार ३ सय २५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा आजसम्म २१ लाख ६० हजार ४ सय ४ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । आज २४ घण्टामा २ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७ सय ७३ पुगेको छ ।