२०७७ चैत २९, आइतबार

img-responsive

०१:१५:५५

 

मुस्लिम समुदायको हकहितलाई स्थानीयतहले किन बन्चित राखेको छ ?

गोठालो खबर
गोठालो खबर २०७७ फागुन १५, शनिबार,१२:५४:PM  
img-responsive

रौतहट, १५ फागुन। आम नेपाली मुस्लिमहरु आफ्नै समुदाय भित्र रहेको आत्मा केन्द्रीत मुस्लिमअगुवाहरु आफ्ना समुदायको हकहितक र उत्थानको लागि अझै पनि बेखबर झैँ छन् । यस्त आत्मा केन्द्रीत मुस्लिम अगुवाहरुबाट नै नेपाली मुस्लिम समुदाय सबैभन्दा धेरै पीडित र पछाडी पर्नु पर्ने  बास्तविकता घाम झैँ छर्लङ्ग छ । यस्ता प्रवृतिका व्यक्तिहरुले आफू र आफ्नाहरुको लागि मात्र कम गर्ने तथा जसरी भए पनि आफूलाई मात्र अगुवामा कसरी स्थापित गराउने भन्नेमा तल्लिन रहँदै त्यो स्वार्थ कसरी पुरा गर्ने भन्ने उद्देश्यकोसाथ आफ्नो स्वार्थ पुरा गर्न जस्तोसुकै हर्कत गर्न बाँकी नराखेको तीतो यथार्थ हामीसमु व्याप्त छ ।

अहिले संघीय, प्रदेश तथा स्थानीय सरकारबाट मुस्लिम समुदायका नाममा विभिन्न शीर्षकमा बजेट आउने गर्दा छ। उक्त बजेटमा मुस्लिम समुदायको हकहितमा काम गर्नुको सट्टामा त्यसबाट आर्थिक लाभ लिने मनसायले प्राय: मुस्लिम समुदायमा अगुवा हुन आफ्नो महल्लाको छुट्टै मस्जिद, मदरसा, इदगाह तथा कब्रीस्तान स्थापनामा जोड दिने तथा त्यसको अगुवाइ गर्ने गरेको देखिन्छ ।

जबकि एउटा गाउँमा एउटा कब्रीस्तान, एउटा गाउँमा एउटा इदगाह, एउटा गाउँमा एउटा मदरसा तथा मस्जिद कम्तीमा एउटा महल्लामा एउटा मात्र हुनुपर्ने हो । खानकाह अर्थात् दरगाहको गरीमा मा आँच पुर्‍याउन नक्कली मुल्ला तथा स्वार्थी मुस्लिम अगुवा सहितको व्यवस्थापन समिति सक्रिय रहेको समेत सम्बन्धित ठाउँमा पाउन सकिन्छ ।

जुन खानकाह अर्थात् दरगाहको विकास कोष बाट कुनै पनि सामाजिक काम भइरहेको छैन, त्यस ठाउँमा आर्थिक सहयोग अर्थात् दान दिन बन्द गरौं किनकि त्यो दानको रकम सदुपयोग होइन दुरुपयोग हुनसक्छ । त्यसका लागि मुस्लिम समुदायलाई छुट्टाएको रकमबाट राम्रो मदरसा तथा यहि समुदायको शिक्षा, स्वास्थ्य र गरिबि घटाउन खर्चिएमा राज्यले लिएको लक्ष्य पनि पुरा हुने र यस समुदायको नागरिकहरुले राज्यको सबै निकायहरुमा नेतृत्व दिन सक्षम जनशक्ति उत्पादन गर्नमा सहयोग पुग्ने कुनै सन्देह रहन्न। - मो. मोजिबुल्लाह 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com