२०७७ चैत २९, आइतबार
०१:३६:०८
तनहुँ, १५ फागुन । नेपाल तरुण दल बन्दिपुर गाउ कार्यसमितिको अध्यक्ष पदमा शिशिर थापा मगर निर्विरोध निर्वाचित भएका छन् । समितिको शुक्रबार बसेको बैठकबाट उपाध्यक्षमा कृष्ण बहादुर गुरुङ र हरिश चन्द्र रावल, सचिवमा करन गुरुङ र चन्द्र बहादर कार्की, सह–सचिवमा अनोज तिमील्सिना, कोषाध्यक्षमा कृष्ण कमल गुरुङ र सदस्यमा प्रकाश खत्री र हरि कुवर निर्विरोध निर्बाचित भएका हुन् ।
बन्दिपुर होटल प्यालेसमा शुक्रबार सम्पन्न्न भएको तरुणदलको अधिवेशन विशेष अतिथिहरु नेपाली कांग्रेस महधिवेशन प्रतिनिधी रामचन्द्र अधिकारी, तनहुँ जिल्लाका पुर्व उपसभापति ध्रुव प्रधान, तरुणदलका जिल्ला अध्यक्ष हिरा थापाको उपस्थितीमा नयाँ कार्यसमिति गठन गरेर सम्पन्न भएको छ ।