२०७८ असार ९, बुधबार

img-responsive

१०:५९:३८

 

लोकसेवा तयारी विशेष शृंखला: सम्पूर्ण पाठकवृन्दहरुमा: सामान्य ज्ञान /बस्तुगत

सामान्य ज्ञान /बस्तुगत

गोठालो खबर
सन्तोष पराजुली , २०७७ फागुन १५, शनिबार,१०:०४:AM  
img-responsive

लोकसेवा तयारी विशेष शृंखला : पढ्न नछुटाउनुहोला, हामी तपाइको साथमा

१) नेपालको पहिलो चार्टड एकाउण्टटेण्ड कुवेर प्रसाद शर्माको निधन कहिले भयो ?

  • विसं २०७७ फागुन १४ मा,

२) नेपालको माटोको डिजिटल नक्सा कहिले सार्वजनिक गरियो ?

  • विसं २०७७ फागुन १२ मा,

३) नेपालमा पहिलो सालक पद मार्ग भनी कहाँ घोषणा गरिएको छ ?

  • कीर्तिपुरको बाघभैरब सामुदायिक बनमा 

४) संसारको सबै भन्दा लामो खण्डकाव्य “महाभारत” का रचयिता को हुन ?

  • वेद व्यास/कृष्ण द्वैपायन (वेद व्यासले उक्त महाकाव्य लेख्न अक्षतृतियाका दिन सुरु गरेका थिए भने ३ वर्षमा लेखिसकेका थिए)

५) चर्चित online गेम PUBG को पुरा रूप के हो ?

  • Player Unknowns Battle Grounds (यो गेम आयरल्याण्डका Brendan Greene ले दक्षिण कोरियाली भिडियो गेम कम्पनी Bluehole का लागि सन् २०१७ मा बनाएका हुन )

६) गुरु नानकको जन्म कहाँ भएको थियो ?

  • पाकिस्तान 

७) सार्कको प्रथम शिखर सम्मेलनमा नेपालको तर्फ बाट कसले भाग लिएका थिए ?

  • राजा वीरेन्द्र 

८) हाल नेपालमा प्रति हेक्टर रुख संख्या कति रहेको छ ?

  • ४३० वटा

९) विश्व मुटु दिवस कहिले मनाईन्छ् ?

  • सेप्टेम्बर २९ 

१०) चर्चित फुटबलर लुका मोड्रिक कुन देशका हुन ?

  • क्रोएसिया 

११) विलास मन्दिर भनेर कुन दरबारलाई चिनिन्छ ?

  • वसन्तपुर दरबार 

१२) प्राचीन कालको “राम चरित्र मानस” र आधुनिक कालको “कृष्णायन” कुन भाषाका प्रसिद्ध महाकाव्य हुन ?

  • अवधि 

१३) नेपालको सबै भन्दा पुरानो लिपी कुन हो ?

  • ब्रह्मी लिपी 

१४) लाइब्रेरी पर्व कहिले भएको थियो ?

  • विसं १९८७ मा 

१५) सबै भन्दा गह्रौँ धातु कुन हो ?

  • ओस्मियम 

१६) पक्षघात बिरुद्ध दिइने खोप कुन हो ?

  • पोलियो 

१७) नेपालको पहिलो ग्रामीण विकाश बैंक कुन हो ?

  • पूर्वाञ्चल ग्रामीण विकाश बैंक 

१८) युरोपको सबै भन्दा लामो हिम नदी कुन हो ?

  • भट्नाजोकुल 

१९) शनी ग्रह पत्ता लगाउने वैज्ञानिक को हुन ?

  • ग्यालिलियो 

२०) माओत्सेतुङले स्थापना गरेको पहिलो राजनैतिक समूह कुन थियो ?

  • नौलो जनसमाज 

                       समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2021 All rights Reserved to gothalokhabar.com
Site By: Nectar Digit