२०७७ चैत २९, आइतबार

img-responsive

०१:०५:५४

 

कांग्रेस नेता जोशीको अवस्था गम्भीर

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन १५, शनिबार,०६:४४:AM  
img-responsive

 काठमाडौं, १५ फागुन । मष्तिस्कघात भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

अस्पतालले पत्रकार सम्मेलन गर्दैजोशीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । बिहिबार राति साढे १२ बजे देब्रे हात बाउडिएसँगै कमजोर महसुस गरेका जोशीलाई परिवारले राति नै वीर अस्पताल लगेका थिए ।

अस्पताल पुर्‍याएसँगै बेहोस भएपछि जोशीको वीर अस्पतालमै सीटी स्क्यान गरिएको थियो । टाउकोमा रगत जमेको देखिएपछि उनलाई नर्भिक अस्पताल ल्याइएको थियो । समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com