२०७७ चैत २९, आइतबार

img-responsive

१२:४३:२७

 

ज्योति लाइफले फागुन २३ गतेदेखि आईपिओ निष्काशन गर्ने

गोठालो खबर
गोठालो खबर -२ २०७७ फागुन १४, शुक्रबार,१२:५४:PM  
img-responsive

काठमाण्डौ , फाल्गुन १४। ज्योति लाइफले फागुन २३ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । सय अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। 

जस मध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र   ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।  लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन्।

लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्ने छन्। फागुन २४ गते महिला दिवस र २७ गते महाशिवरात्रीको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने छ । 

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com