२०७७ चैत २९, आइतबार
०१:०४:१४
कविता
(आवाज नारीको)
-निर्मला घिमिरे पराजुली
छि कति बेसरम छ यो दुनियाँ
आफ्नै आमाको बलात्कार गर्छ
आफ्नै बैनीलाई चिथोर्छ
नङ्ग्याउँछ भाउजू र बुहारीलाई
उसले बिर्सन्छ आफ्नो जगत्
उ मर्दछ दिनदिनै
शरीर आमाको मार्छ
शरीर बैनी र भाउजूको मार्छ
तर आत्मा उसको मरेको छ
उ राक्षसको रूप धारण गरेर हिँडिरहेको छ
जसले देख्छ तर्सन्छ
जो सामु पर्छ लुटिन्छ
जन्म पछि सन्तानको प्राकृतिक रुवाइमा पनि तर्सन्छिन् आमा
करुणाले पग्लिएर प्रसव पीडा भुली
गहभरि आँसु पार्दै भन्थिन्- नरोऊ बाबु
आज त्यही आमाको चित्कारले
त्यो दानवको चित्त पग्लिएन
देखेन उसले देवतालाई
सोचेन उसले धर्मलाई
बुझेन उसले मानवतालाई
पटक पटक दोहोर्याई तेहराई
मारिरह्यो आमाको शरीर
हिजो जीवन बचाउन
आफ्ना गोडा दरिलोपार्न
तिनै आमाको अमृत समान दूध पिए थ्यो
आज प्यास मेटाउन तिनै आमाको दूध चुसिरहेछ
किन देख्दैन उसले आमामा देवताको रूप
किन भेट्दैन उसले आमामा आफ्नो प्राण
किन पोल्दैन उसलाई आमाको रगतले
दीर्घायुको कामना गर्दै हिजो भाइटिका थाप्यो
तेलको घेरा हाली यमराजलाई झुक्क्याई उसले
त्यही भाइ मृत्युको कारण बन्छ
रुँदै प्राण त्याग्छ-
जाने बेला उसका आँसुले भन्दै थिए-
हरेक तिहारमा म तेरो दीर्घायुको कामना गरुँला
तै पनि ढुङ्गा मन पग्लँदैन
सके जति लुट्छ लुट्छ, नङ्ग्याउँछ
मन्दिरमा देउता छ अरे
मन्दिरमा सत्य छ अरे
देउता र दानवको युद्धमा
देउताको जीत हुन्छ रे
खै त यहाँ देउता बोलेकोरु
खै त दानवको आँखा झिकेकोरु
ईश्वर तिमी छौ भने –
बलात्कारीको आँखा झिक
लिङ्ग छेदन गर
हात चुँडाल ,काटी देऊ खुट्टा
थुतिदेऊ जिब्रो , चुँडाई देऊ नसा
र सदैभरि आमा आमा बनुन्
छोरा छोरा बनुन् , बलात्कारी नबनुन्
बैनीको लागि दाजु भरोसा बनुन्
हरेक आत्मा मानवताको साक्षी बनुन्
हरेक नारीले स्वतन्त्रताको सास लिउन् ।
-साल्पासिलिछो, भोजपुर