२०७७ चैत २९, आइतबार

img-responsive

१२:४२:१४

 

एशियन लाइफ विराटनगरद्वारा घरदैलो मृत्युदाबि भुक्तानी

गोठालो खबर
गोठालो खबर २०७७ फागुन १३, बिहीबार,०७:३६:PM  
img-responsive

विराटनगर, १३ फागुन। एशियन लाइफ इन्स्योरेन्स विराटनगरले आफ्ना बीमितको संरक्षकको मृत्यु भएपछि आश्रित परिवारका सदस्यहरुलाई घरदैलोमै पुगेर मृत्युदाबि भुक्तानी गरेको छ। मिती २०७७।११।१३ गते बिहीबारका दिन विराटनगर–१३, मोरङ्गका बिमीत श्री युश लामा र युश्मा लामाका अभिभावक एवं प्रस्तावक युवराज लामाको मिती २०७६।१०।०४ गते मृत्यु भएको थियो। 

 लामाको मृत्यु भए पश्चात् निजको श्रीमती एवं बच्चाको संरक्षक आमा जमुना लामालाई अब उप्रान्त बुझाउनु पर्ने किस्तामा छुट गर्नुको साथै नानीहरूको पढाइको लागि बिमांङ्क रकम १ प्रतिशत हुन आउने रकम १ हजारको दरले १३/१३ हजारको एकमुष्ट चेक विराटनगर शाखाका शाखा प्रबन्धक सुजन भण्डारीले मृतकको घरदैलो पुगी एक समारोहको बिच हस्तान्तरण गर्नु भएको छ । निज मृतकले १० वर्ष अगाडि १/१ लाख नानीहरू सहित अभिभावकको बिमा गर्न मिल्ने एशियन लाइफ इन्स्योरेन्सको अत्यन्तै लोकप्रिय योजना बाल उमङ्ग बिमा योजनामा बिमा गराएका थिए। यो योजनामा बिमीत बच्चा युश लामा र युश्मा लामाले १८ वर्षको उमेर नपुगे सम्म प्रत्येक महिना १/१ हजारको दरले पढाई खर्च  साथै किस्ता जम्मा पनि गर्नु नपर्ने भएको छ । 

उक्त कार्यक्रममा शाखा प्रबन्धक भण्डारीले 'जीवन बिमा भनेको बाँचे आफैलाई, जोखिम भए परिवारलाई' हुने भएकोले सबैलाई जीवन बिमागर्न अपिल समेत गर्नु भएको थियो। उक्त कार्यक्रममा मृतकका परिवार, शिक्षक, समाजसेवी तथा आधिकारिक अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com