२०७७ चैत २९, आइतबार

img-responsive

१२:१९:४०

 

महिला लघुवित्तको आईपिओ भोलि (शुक्रवार) बाँडफाँट हुने

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन १३, बिहीबार,०६:२१:PM  
img-responsive

काठमाडौं, १३ फागुन । महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ बाँडफाँड भोलि (शुक्रवार) गर्ने भएको छ । धतोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार संस्थाको आईपिओ शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको हो ।

महिला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर बिक्री खुल्ला गरेको थियो । हाल संस्थाको चालु पुँजी १० लाख रहेकोमा उक्त पुँजीको ४० प्रतिशत हुन आउने ४ करोड बराबरको ४ लाख कित्ता शेयर निष्कासन गरेको हो । त्यसमध्ये ०.५ प्रतिशत वा ५ हजार कित्ता शेयर कर्मचारीहरूलाई ५ प्रतिशत वा २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर छुट्टाएको थियो ।

संस्थाले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो । बिक्री प्रबन्धक नेपाल एसबिआइका अनुसार १५ लाख १९ हजारले २ करोड ३४ कित्ताका लागि आवेदन परेको थियो । माग भन्दा ६२.४९ गुणा बढी आवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com