२०७७ फागुन १३, बिहीबार
०९:२४:१२
काठमाडौं, ११ फागुन । प्राइम कमर्सीयल बैंक लिमिटेडले फागुन १९ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।
त्यसमध्ये १४ लाख कित्ता सर्वसाधारणलाई र २१ लाख कित्ता व्यक्तिगत रूपमा विभिन्न संघ संस्थालाई बिक्री गर्ने कम्पनीले जनाएको छ । बैंकले ८ वर्षे अवधिको ऋणपत्रको नाम ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ राखिएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानी गर्न इच्छुकले न्यूनतम २५ कित्तादेखि ५ लाख कित्तासम्म ऋणपत्रमा फागुन २३ गतेदेखि चैत्र ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले व्यवस्था गरेको छ ।
कम्पनीको अनुसार ऋणपत्रमा आरबिबि मर्चेन्ट बैंकिंङ्ग लिमिटेड, प्राइम कमर्सीयल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सिआस्वा सदस्य बैंकहरु र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।