२०७७ फागुन १३, बिहीबार
१०:२७:५१
काठमाडौं, ११ फागुन । साताको कारोबारको तेस्रो (मंगलबार) दिन नेप्से दोहोरो अंकले घटेको छ । सोमबार नेप्से २६०७.६७ विन्दुमा पुगेको थियो । आज २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा पुगेको हो ।
आज नेप्से परिसूचक अनुसार २०५ कम्पनीका ८३ हजार २ सय १२ पटक कारोबार भएर ८ अर्ब ५३ करोड ९७ लाख ५४ हजार ६३९ रुपैयाँ बराबरको १ करोड ७६ लाख ६५ हजार ६९८ कित्ता शेयर खरिद बिक्री भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि मंगलबार २.४१ अंकले घटेर ४६७.९४ विन्दुमा पुगेको छ । कारोबारको तेस्रो दिन नेप्से परिसूचक व्यापार उपसमूहको मात्र ०.९ प्रतिशतले बढेको छ । अन्य ११ उपसमूहका परिसूचक राताम्मै छन् । सबैभन्दा धेरै अन्य उपसमूहको २.३३ प्रतिशतले परिसूचक घटेको हो ।
नेप्सेका अनुसार आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार भएको छ । बैंकको ७३ करोड ९४ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । बैंकको सोमबार कायम भएको शेयरमूल्य ६ सय ६० रुपैयाँबाट आज ६६ रुपैयाँले घटेर ५ सय ९४ रुपैयाँ कायम भएको छ ।