२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:४९:१७

 

नेपाल बंगलादेश बैंक र कर्मभुमि नेपालबिच सम्झौता

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ११, मङ्गलबार,०४:४३:PM  
img-responsive

काठमाडौं, ११ फागुन । कर्मभूमि समाज र नेपाल बंगलादेश (एनबी) बैङ्कबिच सम्झौता भएको छ । समाज र बैङ्कबिच कर्मभूमि समाजले सिफारिस गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको हो ।

सम्झौता पत्रमा कर्मभूमि समाजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु नेपाल र एनबी बैङ्कका एसएमई तथा रिटेल बैंकिङ प्रमुख सुदीन ढुङ्गेलले हस्ताक्षर गरेका हुन् । हातमा सीप भएकालाई उद्यमशील बनाउन बैंक तथा वित्तीय संस्थामार्फत वित्तीयकरण सुविधा उपलब्ध गराउन हात्तीवन ललितपुरमा अवस्थित कर्मभूमि समाजले मध्यस्थकर्ताको काम गर्दै आएको छ । 

सम्झौतामा ऋण लिने पक्ष र बैङ्कबिचको पुलको रूपमा समाजले ऋण लिने पक्षका क्रियाकलापहरू नजिकबाट अनुगमन गरी दुवै पक्षका बिच सहजकर्ताको भूमिका निर्वाह गर्नेछ । ऋण लिने पक्षका नाममा कर्जा बुकिङ गर्दा समाजको सिफारिसमा भएको हुनेछ । तर कर्जा प्रवाह गर्दा बैङ्कले आफ्नो आन्तरिक कार्यविधि, जोखिम मूल्याङ्कन, नेपाल राष्ट्र बैङ्कको निर्देशिका तथा आफ्नो विवेक प्रयोग गर्ने सम्पूर्ण अधिकार बैङ्कमा निहित रहने उल्लेख गरिएको छ । 

सम्झौता पत्र अनुसार मा कर्जा भुक्तानीको प्राथमिक दायित्व ऋणीको हुनेछ । कर्मभूमि समाजले कर्जाको भूक्तानी सेड्युल अनुसार साँवा, ब्याज तथा शुल्क भुक्तानीमा पूर्ण रूपमा सहयोग गर्ने गर्नेछ । 

सहुलियत कर्जा सम्बन्धी सरकारको नीति तथा नेपाल राष्ट्र बैङ्कको निर्देशिका अनुसार ब्याजदर र जोखिम बापतको शुल्क बैङ्कले निर्धारण गर्नेछ र राष्ट्र बैङ्कको निर्देशन अनुसार यो परिवर्तन हुन सक्नेछ । यसका साथै बैङ्कले वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि कर्मभूमि समाजलाई सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com