२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:१३:४०

 

नेपालमा सामाजिक न्यायको मुद्दा सामूहिक रूपमा उठाउनु पर्ने माग

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ११, मङ्गलबार,०३:४०:PM  
img-responsive

काठमाडौं, ११ फागुन । सामाजिक न्यायको विषय अब नेपालमा  सामूहिक रूपमा उठाउनु पर्ने अवस्था आएको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमका सहभागीहरूले यस्तो कुरा उठाएका हुन । मानव अधिकार तथा अन्य विभिन्न अधिकारको क्षेत्रमा क्रियाशील १८  वटा सामाजिक सङ्घसंस्थाले आयोजना गरेको नेपालमा सामाजिक न्याय सम्बन्धी अन्तरसंवाद कार्यक्रममा यो बिषयमा व्यापक अन्तरक्रिया तथा छलफल भएको थियो ।

नेपालमा सामाजिक न्यायको विषयमा विगत देखि वकालत गर्दै आएका विश्वभक्त दुलाल (आहुति) ले उक्त कार्यक्रम एक कार्यपत्र प्रस्तुत गरेका थिए ।उक्त कार्यपत्रमा डाक्टर उद्वव कार्की र अधिवक्ता शान्ति  देवी खनाल टिप्पणीकर्ताको रूपमा रहेका थिए । कार्यपत्र प्रस्तुतकर्ता आहुतिले नेपाली समाजमा अन्यायका मुद्दाहरू र तिनको स्रोत, जात व्यवस्था, पितृसत्तावाद,जातीय उत्पीडन,धार्मिक उत्पीडन,क्षेत्रीय उत्पीडन,वर्गीय उत्पीडन, सामाजिक न्यायको निम्ति प्रयत्न र आजको स्थिति, आदि बिषषहरु समेटेका थिए ।

टिप्पणी कर्ता र सहभागीहरू नेपालको संविधानमा सामाजिक न्याय सम्बन्धी गरिएका व्यवस्थाहरू पर्याप्त नभएको र भएका व्यवस्थाहरूको व्यवहारिक रूपमा कार्यान्वयन नभएको कुरा उठाए । अब नेपालमा एक्ला एक्लै भन्दा पनि सामाजिक न्यायको विषय सामूहिक रूपमा उठाउनुपर्ने उनीहरूको धारणा थियो । यी मुद्दाहरू संयुक्त रूपमा उठाए मात्रै राज्यले सुन्छकी भन्ने आशा हो अपाङ्गता समुदायकी अधिकारकर्मी मिना पौडेले भनिन् । यस्तै कार्यक्रममा प्रतिनिधिमूलक ढङ्गले निलहिरा समाज बाट  मनोरञ्जन वैद्य,मुस्लिम समुदाय बाट डाक्टर समिम अहमद, बौद्ध धर्मावलम्बी बाट वसन्त महर्जन र इसाई समुदाय बाट समीर अधिकारीले पनि सामाजिक न्यायको नेपालको अवस्था बारे कुरा राखेका थिए ।कार्यक्रमको सहजीकरण सोच नेपालका महासचिव अर्जुन परियारले गरेका थिए भने कार्यक्रम सञ्चालन फ्रिडम फर अल नेपाल (फान) नेपालका महासचिव खगेन्द्र ओलीले गरेका थिए । उक्त कार्यक्रमको निष्कर्षलाई आयोजकले प्रधानमन्त्री,तथा विभिन्न सरोकारवाला निकाय समक्ष बुझाउने तयारी गरेको छ ।

बुझाउने बताएको छ ।यस अगाडि आयोजक संस्थाहरूले गएको फागुन ८ गते अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेर मनाएका थिए ।कार्यक्रममा  फ्रीडम फर अल नेपाल (फान), सोच नेपाल यूथ एड्भोकेसी नेपाल,छुवाछूत विरुद्धको विश्व सञ्जाल, एड्भोकेसी फोरम, निलहिरा समाज, अपाङ्गता महिला सङ्घ नेपाल,ग्लोबल पिस फाउन्डेसन, महिला सुरक्षा दबाब समूह, मुस्लिम महिला कल्याण समाज, आडवान नेपाल, डानर नेपाल कोक्याप नेपाल, हुमन राईट फिलिम सेन्टर, यूथ एक्सन नेपाल, साइन नेपाल, हर नेपाल अपाङ्गता सङ्गठन नेपाल लगायत १८ वटा संस्थाहरु सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com