२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:३५:३०

 

गाँजासहित दुई भारतीय पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ११, मङ्गलबार,०३:२६:PM  
img-responsive

महोत्तरी, ११ फागुन ।  अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका–३ रातो पुल नजिकैबाट करिब ३० किलो अवैध लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय बिजय पासवान र सोही ठाउँ घर भएका २० वर्षीय गुडु कुमार रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com