२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:५६:३२

 

३ ग्राम खैरो हेरोइनसहित पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ११, मङ्गलबार,०३:२०:PM  
img-responsive

मोरङ, ११ फागुन । अवैध लागूऔषध खैरो हेरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१६ दुर्गा मन्दिर नजिकबाट करिब ३ ग्राम ९ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित उदयपुर कटारी नगरपालिका–७ तकिया बस्ने २१ वर्षीय रुपेश फुयाल सोमबार दिउँसो पक्राउ परेका हुन् । को २ ह ३७२९ नम्बरको टेम्पोलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा टेम्पोभित्र लुकाई ल्याएको उक्त खैरो हेरोइन सहित फेला पारी टेम्पो चालक रुपेशलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

त्यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका-११ खनारबाट करिब ९ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ सिमरवना बस्ने २२ वर्षीय मिथिलेश बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै फरार रहेका मोरङ बस्ने २७ वर्षीय श्री चौधरीको प्रहरीले खोजी गरिरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com