२०७७ फागुन १६, आइतबार

img-responsive

०२:५०:०३

 

लागूऔषधसहित पक्राउ

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ११, मङ्गलबार,०३:१५:PM  
img-responsive

काठमाडौं,  ११ फागुन । अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकबाट १३।५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु सहित बारा आदर्श कोतवाल गाउँपालिका–३ ठेगाना भएका १९ वर्षीय रितिक कुमार यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रितिकलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उनी उपर लागूऔषध अफिम मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com