२०७७ फागुन १३, बिहीबार
०९:३९:४९
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा फेरि दुई वटा रिट निवेदन दर्ता भएका छन् । पशुपतिमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा दुई रिट दर्ता भएका हुन् ।
बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुंगानाले छुट्टाछुट्टै रिट दर्ता गरेका हुन् । अधिवक्ता ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, पशुपति क्षेत्र विकास कोष, पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्, गुठी संस्थान केन्द्रीय कार्यालयविरुद्ध रिट दर्ता गरेकी छन् ।
भने वैद्यले नामै किटेर प्रधानमन्त्री एवं पशुपति क्षेत्र विकास कोषका संरक्षक केपी ओलीविरुद्ध रिट दर्ता गरेका छन् । समाचारपत्रबाट