२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:४०:१९

 

सोमबार १ सय २५ संक्रमित थप, २१ लाखको पिसीआर परीक्षण

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन १०, साेमबार,०४:३२:PM  
img-responsive

काठमाडौं, १० फागुन । नेपालमा कोरोना भाइरसका आज १ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६९ हजार ९ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा आजसम्म २१ लाख ४३ हजार ३ सय १५ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com