२०७७ चैत २९, आइतबार
१२:४९:०१
परासी, १० फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीले विकास प्रणालीले गर्दा सामाजिक सम्बन्धहरू कमजोर बन्दै गएको जसले गर्दा आमा बुवाहरूको सम्बन्ध छोराछोरीसंग धेरै कम भएको बताएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाद्वारा संचालित ज्येष्ठ नागरिक दिवा सेवा कार्यक्रमको निरन्तरताका लागि अक्षय कोष स्थापनाको शुभारम्भ गदै मन्त्री त्रिपाठीले यो समस्या सामाजिक समस्याको रूपमा रहेको हुनाले यसमा स्थानीय निकायले मात्र पहल गरेर नहुने हुँदा सरकारी स्तरबाटै जिम्मेवारी लिनुपर्ने खाँचो बढै गएकोले यसलाई राजकीय दायित्वमा ल्याउनु आफूले पहल गर्ने बताए ।
कोरोनाका जोखिम अझै पनि कमी नभएको हुँदा सरकारको बिगातकको निर्णय अनुसार ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई मात्र कोभिडविरुद्ध खोप निःशुल्क दिने योजना रहेको बताउँदै हाल सरकारसंग पर्यप्तमात्रमा खोप उपलब्ध भएको हुँदा अब ५५ वर्ष भन्दा माथिका सबै ज्येष्ठ नागरिकहरूलाई स्थानीय खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेका छन् ।
कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सांसद एव नेकपाका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी,सुनवल नगरपालिका नगर उप-प्रमुख दधिराम अर्याल भूमि सम्बन्धी अयोगका जिल्ला अध्यक्ष बिमला अर्याल, समाजसेवी थानप्रसाद गैरे लगायतले आफ्नो धारण राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष आचार्यले संस्थाका गतिविधिको बारे जानकारी गराएका थिए भने संस्थाका उपाध्यक्ष श्याम श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा अक्षयकोषमा रकम जम्मा गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । आचार्यको जानकारी अनुसार हाल उक्त कोषमा २५ लाख नगद जम्मा भएको र उक्त रकम तिनाउ विकास बैकमा जम्मा गरिएको र त्यसबाट प्राप्त हुने व्याजले दिवा सेवा केन्द्रलाई धेरै राहत हुने बताएका थिए ।