२०७७ फागुन १६, आइतबार

img-responsive

०३:३४:३८

 

नेपाल राष्ट्र बैंकको १० अर्बको ८ वर्षे ऋणपत्र जारी हुँदै

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन १०, साेमबार,०२:०४:PM  
img-responsive

काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । आज एक विज्ञप्ति जारी गरेर बैकले ८ वर्ष अवधिको ऋणपत्र २०८५ बिक्री गर्न लागेको जानकारी दिएको हो ।

बैंकका अनुसार उक्त ऋणपत्रमा ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने भएको छ । ऋणपत्रमा धितो राखेर कर्जा लिन र दिन पाइने व्यवस्था बैंकले गरेको छ । बोलपत्रमा फागुन ११ गते हुनेछ भने निष्कासन फागुन १२ गते भएर ऋणपत्रको साँवा २०८५ साल फागुन १२ गतेसम्म भुक्तानी  हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com