२०७७ फागुन १६, आइतबार
०४:२०:०९
रौतहट, ९ फागुन। रौतहटको माधव नारायण नगरपालिका लगायतका १८ स्थानीय तहमा जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा विरोध प्रदर्शन गर्न गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार नै जनता समाजवादी पार्टी रौतहटले आज जिल्लाभरिको प्रत्येक स्थानीय तहमा विरोध प्रदर्शन गरेको जनाएको छ। जसपाको शनिवार बसेको बैठकले रौतहटका १८ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध विरोधको कार्यक्रम गर्ने निर्णय गरेको थियो। सोहि अनुसार जसपाले आज केपी ओलीको असंवैधानिक कदमको विरुद्ध प्रदर्शन गरेको हो।
जनता समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले भोलि सोमवार पनि विरोध प्रदर्शनको कार्यक्रम रहेको र उक्त प्रदर्शनमा अत्यधिक मात्रामा सहभागीता जनाउन देशभरका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान समेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेदेखि नै जनता समाजवादी लगायतका पार्टीले संसद विघटन खारेज गरी संसद पुनर्बहाली गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेको छ।
माधव नारायण नगरपालिकाको माधोपुर बजार देखि नगरपालिकाको कार्यालय हुँदै बजारमा परिक्रमा गरेर कोण सभा कोण सभामा परिणत भएको थियो। कोण सभालाई श्याम विहारी यादव, केन्द्रीय सदस्य चुल्हाई यादब, राम निवास यादबले सम्बोधन गर्नु भएको थियो भने उक्त विरोध प्रदर्शनमा नेता तथा हजारौं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।