२०७७ फागुन १६, आइतबार

img-responsive

०३:१६:३५

 

मुक्तिनाथ विकास बैङ्कले ल्यायो २४ घन्टे ‘आसक मुक्ति भाइ’ भर्चुअल सहायता संचालनमा

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ९, आइतबार ,०६:२९:PM  
img-responsive

काठमाडौं, ९ फागुन । मुक्तिनाथ विकास बैङ्कले ‘आसक मुक्ति भाइ’ भर्चुअल सहायता सुरु गरेको छ । बैङ्कले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरूको सुविधाको लागि नयाँ सहायता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको जनाएको छ ।

यो सुविधाबाट ग्राहकहरूले यस भर्चुअल सहायता सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरूको बारेमा जानकारी प्राप्त गर्न सक्ने बैङ्कले विश्वास गरेको छ ।

बैंकका अनुसार यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ सै घण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटबाट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्धतिबाट लिन सक्नेछन् ।

यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आसक मुक्ति भाइ वा बैंकको मास्कट‘मुक्ति भाइ ’ क्लिक गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सक्नेछन् 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com