२०७७ फागुन १६, आइतबार

img-responsive

०४:१६:०७

 

"प्रधानमन्त्री ओली संसद विघटन गरेर संसदबाट भगेको भगौडा हुन्" : गगन थापा

गोठालो खबर
गौरीशंकर जयसवाल , २०७७ फागुन ८, शनिबार,०८:२४:PM  
img-responsive

परासी ८ फागुन । नेपाली काँग्रेस पार्टीका केन्द्रीय सदस्य एव युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली सरकार चलाउन नसकेपछि संसद विघटन गरेर संसदबाट भगेको भगौडा भएको आरोप  लगाएका  छन् । उनले आफ्नो घरको झगडा मिलाउन नसकेपछि संसद विघटन गरेर संसदबाट भगेको थापाले बताए ।

तरुण दल पश्चिम नवलपरासीले बर्दघाटमा आयोजना गरेको संसद विघटनको बिरोधसभालाई सम्बोधन गदै थापाले ओलीले गरेको संसद विघटन असंवैधानिक र संविधानमाथि प्रहार गरेको बताउँदै सरकारले तोकेको समयमा  कुनै हालतमा निर्वाचन नहुने यदि निर्वाचन भए भने काँग्रेस निर्वाचन जाने समेत बताए  ।

त्यसका निम्ति नेताकार्यकर्ताहरुलाई निर्वाचनमा जुट्न आह्वान थापाले गरेका छन् । पूर्व मन्त्री समेत रहेका थापाले अदालतले  संसद विघटनको मुद्दामा जनताको हितमा नै फैसला गर्ने भन्दै सेटीङ्गको शासकलाई अदालतले भत्काउने विश्वास व्यक्त गरे । अहिले लडाई संविधानको रक्षाको लागि बताउँदै जनताको लडाइँबाट संविधानसभाबाट संविधान बनेको त्यसको रक्षको निम्ति नेपाली काँग्रेस सदैव लडिरहने उनको भनाई थियो । उनले भने जब जब देशमाथि सङ्कट आउँछ र देशलाई सङ्कटबाट  जोगाउन ,निकाल्ने काँग्रेस नै निकास दिएको इतिहास रहेको  बताए ।

ओलीको यो हर्कतले देशलाई दुर्घटना तर्फ लगेको भन्दै काँग्रेसले त्यसो हुने नदिने थापाले बताए । यस्तै नेपाली काँग्रेसका केन्द्रीय एव पूर्व गृह राज्यमन्त्री देबेन्द्रराज कँडेलले संसद विघटन गर्न संविधानको कुनै पनि धारमा संसद विघटन गर्न अधिकार प्रधानमन्त्रीको नरहेको भन्दै ओली संसद विघटन गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए । उनले भने संसद पुनर्स्थापनाको पक्ष रहेको बताउँदै सासद पुनर्स्थापना हुन्न भने देश ठूलो दुर्घटना तर्फ जाने दाबी गरे ।

तरुण दलका जिल्ला अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा भएको विरोध सभामा संविधानसभा सदस्यद्वय सन्तु कलावर,बिक्रम खानाल,तरुण दलका केन्द्रीय कोषाध्यक्ष बिद्धान गुरुङ काँग्रेस पार्टीका सभापति विष्णु पौडेल,लगायतले आफ्नो धारण राखेको तरुण दलका जिल्ला सचिव यज्ञ पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com