२०७७ फागुन १३, बिहीबार
०९:४४:१०
काठमाडौं, ७ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाल कम्युनिस्ट पार्टी र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताएका छन् ।
नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय नुवाकोटको भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले नेपाल कम्युनिस्ट पार्टी सत्ता सञ्चालनमा असफल भएकाले नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताएका हुन ।
उनले भने “नेकपा सत्ता सञ्चालनमा असफल भयो । अब नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको छ । र जनताले बिदा पनि गर्छन् ।” साथै नेता सिंहले ओलीले संविधान अनुसार होइन ,राजनैतिक निर्णय गरेको बताएकाले यसबाट ओली आफैले असंवैधानिक कदम उठाएको स्वीकार गरेको बताए छन् ।
पटक पटक मौका पाए पनि कम्युनिस्ट सफल हुन नसकेको भन्दै इतिहासमा काँग्रेसले सधैँ जनताको कार्य गरेको र अझै पनि काँग्रेस जनताको सेवा गर्न सधैँ तयार रहेको बताएका छन् ।