२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:००:४७

 

बलात्कारविरुद्द नेपाल महिला संघको शनिवार शान्ति बाटिकामा विरोध प्रदर्शन

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ७, शुक्रबार,०७:४१:PM  
img-responsive

काठमाडौं, ७ फागुन । मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा, बलात्कारविरुद्द नेपाल महिला संघले शान्ति बाटिका रत्नपार्कमा विरोध प्रदर्शन गर्ने भएको छ । संघकी अध्यक्ष उमा रेग्मीले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी भोलि महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध विरोध प्रदर्शन गर्ने जानकारी दिएकी हुन् ।देशमा कम्युनिस्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध पनि प्रदर्शन केन्द्रित हुने बताइन् । उनले शनिवार दिउँसा १ बजे विरोध सभा समेत हुने जानकारी दिइन् ।

संघकी अध्यक्ष रेग्मीले नेपालमा बलात्कार घटना बढ्दै जानुमा सरकार जिम्मेवार भएको आरोप लगाइन् । सरकारले महिलालाई सुरक्षा दिन नसकेको भन्दै कडा आन्दोलनको चेतावनी दिइन् । उनले महिलाविरुद्धको हिंसा बढ्नुले आफूहरू गम्भीर भएको बताइन् । ‘जो पशु छ, जो राक्षस छ त्यसले मात्र बलात्कार गर्छ, ’अध्यक्ष रेग्मीले भनिन्, ‘बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुपर्छ ।’ टुँडिखेलमा १० अपराधीलाई झुन्डाएर गोली ठोकेको दिन मात्र अपराधीलाई डर त्रास हुने र समस्या न्यूनीकरण हुने बताइन् । रेग्मीले विद्यालयमा नैतिक शिक्षा र यौन शिक्षा अनिवार्य रूपमा दिन पर्ने आवश्यकता औल्याइन् । उनले सरकारको आलोचना गर्दै भनिन्, ‘बलात्कार बढी हुने देश भनेर चिनिन नपरोस ।’ नेपालकै अस्तित्व जोगाउनको निमित्त सबै जना लाग्न जरुरी रहेको बताइन् । निर्मला पन्तको हत्यारा ३ वर्ष बितिसक्दा पनि पत्ता लगाउन सरकारले नसकेको र सम्झना कामीको हत्यादेखि हालै बैतडीको भागिरथी भट्टसम्म हत्याको घटनाले गम्भीर बनाएको बताइन् । महिलाको सुरक्षाको विषय सरकारको प्राथमिकतामा नपरेको उनको आरोप थियो ।

कार्यक्रममा महिला संघका महासचिवहरू मञ्जु खाँड, धना खतिवडा, उपाध्यक्ष सरस्वती अर्याल तिवारी र केन्द्रीय सदस्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com