२०७७ फागुन १३, बिहीबार

img-responsive

१०:२०:१७

 

सुनको मूल्य आज ह्वात्तै घट्यो

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ७, शुक्रबार,०५:३५:PM  
img-responsive

काठमाडौं, ७ फागुन । नेपाली बजारमा आज सुनको मूल्य १ हजारले घटेको छ । शुक्रवार प्रतितोला १ हजार रुपैयाँले घटेको हो । हिजो पनि सुन ६ सय रुपैयाँले घटेको थियो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा खरिद बिक्री भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com