२०७७ फागुन १६, आइतबार

img-responsive

०३:४४:२२

 

सिप्रदी ट्रेडिङको पाँचौं ग्लोबल सर्भिस क्याम्प सुरु, बिहानको ९ः३० देखि साँझ ५ः३० सम्म

गोठालो खबर
गोठालो खबर -१ २०७७ फागुन ६, बिहीबार,०६:४४:PM  
img-responsive

काठमाडौ, ६ फागुन । नेपालका लागि टाटा मोटर्स्को आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिको फागुन ५ गतेदेखि सुरु भएको पाँचौं ग्लोबल सर्भिस क्याम्प १६ गतेसम्म संचालन हुने भएको छ ।

 तेस्रो चरणको यो क्याम्प हरेक दिन बिहानको ९ः३० देखि साँझ ५ः३० सम्म सिप्रदीले जनाएको छ । सिप्रदीको अनुसार टाटाका कमर्सियल गाडी धनीलाई सहजता प्रदान गर्न ग्लोबल सर्भिस क्याम्प आयोजना गरेको हो । २८ मंसिरदेखि सुरु भएको पाँचौं टाटा मोट्र्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिङ क्याम्प हो ।

सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवा प्रमुख साम्देन छिरिङ लामाको अनुसार ग्लोबल सर्भिस क्याम्प लाभदायी साबित भएको र ग्राहककै आग्रहमा ग्लोबल सर्भिस क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइरहेको हो । सर्भिस क्याम्पमा अघिल्लो चरणको सर्भिस क्याम्प छुटाएका ग्राहकलाई समेत सहभागी हुन उनले आग्रह गरे ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ४८ विभिन्न स्थानमा सञ्चालन भएको छ ।

यस क्याम्पअन्तर्गत टाटा मोटर्सका सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरमा गाडीको स्वास्थ्य जाँच हुनेछ । यसमा लेबर चार्जमा २५ प्रतिशत छुट,  निःशुल्क इन्जिन आयल टपअप, टाटा जेन्युइन स्पेयर पार्ट्समा १० प्रतिशत छुट दिइनेछ ।

तेस्रो चरणको क्याम्पको लुब्रिकेन्टस्मा १८ प्रतिशत छुट, टाटा जेन्युइन स्पेयर पार्ट्समा ६ महिने वारेन्टीका साथै निःशुल्क ४७ प्वाइन्ट चेक जाँच, निःशुल्क कम्प्युटर डाइग्नोसिसको व्यवस्था पनि छ । सर्भिस क्याम्पमा सहभागी ग्राहकलाई निःशुल्क २०० रुपैयाँको मोबाइल रिचार्ज जस्ता आकर्षणहरू रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com