२०७७ फागुन १६, आइतबार
०४:१४:१०
काठमाडौं, ०५ फागुन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा श्री सन्तोष प्रसाई नियुक्त भएका छन् । संचालक समितिको माघ २७ गते मङ्गलवार बसेको ३१५ औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति स्वीकृतिको लागि श्री बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले उहाँको नियुक्तिसँगै कम्पनीले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेको छ ।
विगत ३.५ वर्षदेखि नेपाल लाइफसँग आबद्ध रहेका सन्तोष प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । यस अघि पनि बीमा क्षेत्रको नियमनकारी निकाय श्री बीमा समितिमा ७ वर्ष लामो अनुभव सम्हालिसकेका छन् ।